१६ मंसिर २०८२, मंगलबार | December 2, 2025

जेन्जी आन्दोलनमा नीजि सम्पत्तिमा आगजनी र लुटपाट गर्ने ८ जना पक्राउ


December 2, 2025
83
Shares

विराटनगर। जेन्जी आन्दोलनका नाममा सरकारी र व्यक्तीका सम्पत्ती तोडफोड आगजनी र लुटपाटका घटनामा सम्लग्न थप ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

भदौ २४ गते रंगेलीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रङ्गेली नगरपालिका ३ का भुपाल भण्डारी , रंगेली ७ का आनन्द साह, रङ्गेली ४ का रमेश कुमार मण्डल , रंगेली- ३ रुपक गौतम ,रुपेश यादव ,समिर क्षेत्री ,दोर्जे प्रतिक तामाङ र गणपत यादव पक्राउ परेका छन् ।

मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूको खोजतलास तीव्र पारेको थियो ।

प्रतिक्रिया