एनभिएद्धारा पाँच बैंकलाई आन्दोलनको चेतावनीसहित १५ दिने अल्टिमेटम
काठमाडौं, १५ मंसिर । सम्पक्ति मुल्यांकनकर्ता इन्जिनियरहरुको हकहित संरक्षण र पेशागत सुदृढिकरणको लागि स्थापित नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले विभिन्न ५ वटा बैंकहरुलाई १५ दिने अल्टिमेटम दिएको छ ।
एनभिएले मुल्यांकनकर्ता इन्जिनियरहरुको समस्या १५ दिन भित्र नसुल्झाए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसहित ध्यानाकर्षण पत्र नेपाल एसबिआई बैंक, सानिमा बैंक, एन.आइ.सि एशिया बैंक, प्रभु बैंक र प्राइम कर्मसियल बैंकलाई बुझाएको हो ।
एनभिएका महासचिव इ.अशोक सिलवालको हस्ताक्षरसहितको जारी ध्यानकर्षण पत्रमा नेपाल बैंकर्स संघ र एनभिएबीच भएको सर्भिस ड्राफ्टको फर्र्माट हुबहु लागु गर्न माग गरिएको छ ।
लामो समयदेखि मुल्यांकनकर्ताहरुको सूचीमा नरहेकाहरुको धरौटी रकम तत्काल फिर्ता गर्र्नुपर्ने एनभिएको माग छ । मुल्यांकनकर्ता इन्जिनियरहरुलाई मानसिक तनाब दिने र पत्र काट्ने कार्य तत्काल बन्द गर्न र एनभिएले तोकेको पारिश्रमिक शुल्क यथाशिघ्र लागु गर्र्नुपर्नेमा संस्थाले जोड दिएको छ ।
अनगिन्ति मुल्यांकनकर्ता इन्जिनियरहरु सूचिकृत गर्ने तर वर्षौसम्म पनि काम नदिने परिपाटीको तुरुन्त अन्त्य गर्न, सम्पुर्ण मुल्यांकन सम्बन्धि कार्यादेश आलोपालो प्रणाली मार्फत मात्र जारी गर्न र शैक्षिक कर्जाको नाममा गरिने अनधिकृत मुल्यांकन कार्य तत्काल बन्द गर्न समेत एनभिएले माग गरेको छ ।
एनभिएका सचिव इ.रविन्द्र अधिकारीले आफ्ना सदस्यहरुलाई ती ५ बैंकहरुबाट भोगिरहेको समस्याबारे एक हप्ताभित्र संस्थाको इमेल ठेगाना लभउब।िखबगिभचक२नmबष्।िअयm वा वाट्सअप नम्बर ९८६९५२९१०९ मार्फत जानकारी गराउन आग्रह गरेका छन् ।





