नेपाली समाज टेक्सास (एनएसटी) निर्वाचन : भण्डारीको टिमबाट ४ जना राष्ट्रसेवक प्रतिस्पर्धामा (भिडियोसहित)
हरि सुबेदी । काठमाडौं,१५ मंसिर । अमेरिकास्थित टेक्सास राज्यमा स्थापित नेपाली समुदायको सबैभन्दा ठुलो संस्था नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्याकाल (२०२६–२०२७) का लागि नयाँ नेतृत्व चयन गर्ने निर्वाचन नजिकिदैछ ।
नेपाली मूलका बासिन्दाको उल्लेख्य उपस्थिति रहेको टेक्सासमा डिसेम्बर १३ मा हुने निर्वाचनमार्फत एनएसटीको नयाँ नेतृत्व चयन गरिनेछ। अध्यक्ष पदमा काभ्रे पुर्खौली घर भएका जनक भण्डारी र चितवनका विजय भुसाल चुनावी मैदानमा उत्रिएका छन् । भुसालको तुलनामा भण्डारीको पक्षमा पल्लाभारी हुने समाजभित्र चर्चा सुरु भएको छ । नेपाली समाज टेक्सास (एनएसटी)को भण्डारी वर्तमान बरिष्ठ उपाध्यक्ष हुन भने भुसाल महासचिव हुन् ।

सामाजिक अभियन्ताको रुपमा नेपाली समुदायमा लोकप्रिय जनक भण्डारी अमेरिकामा स्थापना भएका दर्जनभन्दा बढी सामाजिक संस्थाहरुमा विभिन्न पदमा रहेर सक्रिय छन् । उनी बौद्धिक, धार्मिक, सरल र शान्त स्वाभाबका ब्यक्तित्वमा पर्छन् । उनले आफ्नो टिममा पनि बौद्धिक व्यक्तिहरुलाई समावेश गरेका छन् ।
चुनावी माहौल नजिकिदै गर्दा आफ्नो टिममा भण्डारीले शसक्त प्रतीभा भएका युवाहरु भित्राएसँगै एक अब्बल बौद्धिक व्यक्तिका रुपमा उनको चर्चा समेत हुन थालेको छ । दर्शकबिन आज हामी फरक विषयमा चर्चा गर्दैछौ । अमेरिका यस्तो देश हो जुन रास्ट्रको लागी सेवा गर्ने राष्ट्र रक्षकलाई विशेष गरि अमेरिकन आर्मीलाई धेरै सन्मान गर्दछ । जागिर खाने क्रममा होस वा सपिङ मलहरुमा नै । यदि अमेरिकन आर्मीमा जागिर खाएको रहेछ भने अन्य नागरिकलाई भन्दा उनिहरुलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ। अमेरिकामा रास्ट्रसेवकले गलत कार्य कहिले गर्दैनन भन्ने आम विश्वास छ ।
एनएसटीको डिसेम्बर १३ मा हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार भण्डारीले आफ्नो टिममा अमेरिकन फोर्समा काम गरिसकेका एक जना मात्र होइन ४/४ जना युवा भित्राउन सफल भएका छन् । वरिष्ठ उपाध्यक्षमा डाक्टर चण्डी भण्डारी, महासचिवमा पुर्ब एनएसटीका कोषाध्यक्ष भै सकेका रामकृष्ण यादब, सचिबमा सुशील गड्तौला र सह कोषाध्यक्षमा उम्मेदवारी दिएका रिन्जिङ लामा सहित यी हुन् अमेरिकन फोर्समा काम गरेका भण्डारी टिमका युवा । यो एनएसटीको लागि संजोग पनि हुन सक्छ । अमेरिका जस्तो देशले सेवाको लागी बिश्वास गरेका यी ४ जना लाई सेवा गर्छु भन्दा कसरी नप्त्याउला र यो नेपाली समाज ले । अब हामी अमेरिकन फोर्समा काम गरिसकेका यी ४ जना को हुन भनेर चिनाउदैछौ ।
वरिष्ठ उपाध्यक्षमा उमेरद्वारी दिएका डाक्टर चण्डी भन्डारी । चण्डी भण्डारीको नाम प्राय टेक्सास बाशीले सुनेकै नाम हो । सरल, मिजासिलो, सहयोगी भन्डारी नेपालको स्याङ्जा चापाकोट नगर पालिका १० जन्मिएका हुन् । उनी २०१२ मा अध्ययन कै लागी अमेरिका प्रवेश गरेका थिए । उनले ४ वटा विषयमा मास्टर्स डिग्री र एक विषयमा पीएचडी उपाधि हासिल गरेका छन् । एनआरएनए टेक्सासको महासचिव भएर काम गरिसकेका चण्डी भण्डारीले सेकेन्ड जेनेरेसनको लागि १३ वटा काम छुट्टै लक्ष्य बनाएर गरिसकेका छन् । अमेरिकन एयर फोर्समा काम गरिसकेका भण्डारी हाल माइक्रोसफ्ट मा ए आइ साइन्टिक्स मा कार्यरत छन। भण्डारी भन्छन–हामी देशकै सेवा गर्ने,नेपालीहरुको सेवा गर्छु भन्दा सबै नेपालीले आँखा चिम्लिएर जिताउछन भन्नेमा म ढुक्क छु ।

अर्का हुन् महासचिव पदको प्रत्याशी राम कृष्ण यादव । यादवले पनि अमेरिकन फोर्समा साढे ४ वर्ष काम गरेका थिए । वर्तमान एनएसटीको कोषाध्यक्ष समेत रहेका यादवले उनको कार्यकालमा समाजको लागि उत्कृष्ट काम गरेका छन् । यादवले आफ्नो अनुभव, पारदर्शी कार्यशैली र व्यवस्थापकीय क्षमताका आधारमा महासचिव पदमा समर्थन गर्न आग्रह गरेका छन्। समाज सेवामा सक्रिय भई पदीय जिम्मेवारीमा ध्यान दिएर दायित्व अनुरुपको काम गरेर गर्वका साथ सबैको विश्वासमा आँच नपुराउने पनि प्रतिबद्दता गरेका छन् । आफ्नो दुई वर्षे कार्यकालमा समाजको कोष सुदृढीकरणमा विशेष योगदान प्रदान गरेका उनले २ लाख डलर रहेको कोषलाई करिब ६ लाख डलरमा विस्तार गरेका छन्। आकस्मिक कोषलाई प्रभावकारी बनाउँदै जिन्सी सामग्रीको व्यवस्थित अभिलेख प्रणाली पनि विकास गरेका हुन्।

समाजको कोषाध्यक्षको रुपमा आर्थिक पक्षलाई व्यवस्थित गर्दै सरल र प्रभावकारी प्रक्रियामा लगेका यादवले आफुलाई महासचिवको रुपमा अगाडि सार्दै समाजलाई प्रक्रियागत, विधि सम्मत अनि संरचनागत रुपमा प्रभावकारी बनाउन महासचिवमा उम्मेदवारी दिएको बताउछन् । रौतहट पुख्र्यौली घर भएका यादव सिभिल इन्जिनियरिङमा मास्टर्स उपाधि प्राप्त छन्। वर्तमानमा उनी फेडरल एभिएसन अथोरिटीमा परियोजना प्रबन्धक को रूपमा कार्यरत छन्।

अर्का सचिवका उम्मेदवार हुन् सुशील बड्तौला, हेटौंडा उपमहानगर पालिका ११ घर भएका बड्तौला २००८ मा अमेरिका अध्ययनको शिलशिलामा पुगेका थिए । काठमाडौ एम्बिसन एकडेमी बाट ब्याचल्स गरेका सुशीलले लामो समयसम्म अमेरिकन आर्मीमा काम गरेका थिए । मिलनसार र सहयोगी भावनाका उनि समाज र दुखमा परेका विद्यार्थीलाई धेरै सहयोग गर्दै आएका छन् । सेवा नै धर्म हो भन्ने नारालाई अबलम्बन गर्दै उनी एनएसटीको सचिब पदमा उम्मेदवारी दिएका छन । खुल्ला बिचार भएका सुशील सहयोगी कार्यमा सधै अगाडी देखिन्छन् ।

अर्का हुन सह कोषाध्यक्षमा उमेरद्यार दिएका रिन्जिङ लामा । नेपालमा काठमाडौं सितापाइला घर भएका लामाले जियोलोजी विषयमा त्रिचन्द्र क्यापसमा अध्ययन गरेका हुन २०१८ मा अमेरिका पुगेका उनी नेपाल मै कर्मलेक्सिङ गुम्बामा सयम्सेवक भै साइन्स र गणीतको विषयमा शिक्षकको रुपमा काम गरेका थिए । भुकम्पको बेलामा पनि अग्रपंतिमा रहेर काम गरेकाले अहिले पनि स्थानीयको मुखबाट उनको नाम सुन्न पाइन्छ । उनी २ बर्ष अमेरिकन आर्मीमा काम गरिसकेका व्यक्ति हुन । समाज सेवामा रुचि राख्ने लामा एनएसटीमा नेपालीहरुको सेवा उद्देश्यले आएको बताउछन ।
स्थापनाको २७ वर्ष पूरा गरेको नेपाली समाज टेक्ससमा यसपटक इतिहासकै सर्वाधिक सदस्य संख्या पुगेको छ । ६ हजार १ सय ९१ जना साधारण सदस्य रहेको यो संस्थाको आगामी डिसेम्बर १३ (शनिबार) हुने निर्वाचनलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । अध्यक्षका उम्मेदवार जनक भण्डारी र विजय भुसालमध्ये कोही एकले एनएसटीको भावी नेतृत्व सम्हाल्नेछन् । एनएसटी अमेरिकामा रहेका नेपाली नागरिकको अभिभावक समान भूमिका निर्वाह गर्ने प्रतिष्ठित संस्था भएकाले यस निर्वाचनप्रति व्यापक चासो देखिएको छ ।
भिडियो हेर्नुहोस् ।
(सुबेदी हाल अमेरिकामा छन् ।)


