११ मंसिर २०८२, बिहिबार | November 27, 2025

तिमी नहाँसेर के भयो म त हाँसेकै छु, देश लुटेकै छु


November 27, 2025
0
Shares

तिमी नहाँसेर के भयो
म त हाँसेकै छु। देश लुटेकै छु
तिम्रो आलोचनाले के भयो
मासुभातको जुलुस निकालेकै छु
जेन्जीहरूको रगतले प्यासमेटिकै छु
राजनीतिको नाउँमा डकैती गरेकै छु
मेरो त पेशा हो,राजनीतिदेश लुट्ने धन्दा हो
मान्छेमारे जेल परे नेता भइदिए के गर्छौ मलाई ??
देश लुट्ने सिप छ युवा बेच्ने कला छ नेताभैदिए
लुट्न अझै धेरै बाँकी छ के गर्छौ तिमीले??
म त बिन्दास भइदिए फेरि लुट्छु।
देश जलेर के भयो युवाको रगत बगेर के भयो
मेरो प्यास मेटिएको छैन, अझै रगत माग्नुपर्छ।
के गर्छौ तिमीले?? म त नेता हो।
पेशा मेरो राजनीति नशा मेरो पैसा
सुरा र सुन्दरीमा रम्नेकला छ मेरो
म त नेता हो,दिउँसै रात पार्न सक्छु
मस्ती म गर्छु दोष विदेशीलाई लाइदिन्छु
के गर्छौ तिमीले नेता हु ??
शरीर मेरो देश लुटेको पैसामा बाँच्छ
आर्यघाटको खर्च पनि देशले व्यहोर्नुपर्छ
म त नेता हो,अनेक बाद बोक्छु,बिन्दास बन्छु
मलाई नै जयजकार गर्छन् मैले के गरौं
दल भन्छु, नाटकशाला खोल्छु
पत्याइदिन्छन् मलाई नेता हो म
के दोष मेरो?? देश लुट्ने धन्दा हो मेरो

प्रकाश रायमाझी

प्रतिक्रिया