१४ कार्तिक २०८१, बुधबार | October 30, 2024

इमरान खान बेपत्ता, पक्राउ गरे ठुलो आन्दोलनको चेतावनी


March 5, 2023
0
Shares


काठमाडौं, २१ फागुन ।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना काण्डमा पक्राउ गर्न पाकिस्तानी प्रहरी आइतबार उनको घर पुगेको छ । इस्लामाबाद प्रहरीले ट्वीट गर्दै एसपी आफ्नो कोठामा पुग्दा इमरान त्यहाँ उपस्थित नभएको बताएको छ ।

प्रहरीले पक्राउबाट जोगिने प्रयास गरिरहेको आरोप लगाएको छ । पाकिस्तानी मिडियाका अनुसार इमरानको घरमा प्रहरी अधिकारी मात्रै उपस्थित छन् । तर, पाकिस्तानी मिडिया ‘जियो न्यूज’का अनुसार इमरान खान लाहोरको जमान पार्कको घरमा छन् । प्रहरीले उनीहरुलाई नोटिस बुझाएको छ । उनलाई इस्लामावाद प्रहरीले पक्राउ गर्न सक्छ । खानलाई मार्च ७ मा इस्लामावाद अदालतमा हाजिर हुनेछ ।

लाहोरस्थित इमरान खानको घरबाहिर प्रहरी र पीटीआई कार्यकर्ता भेला भएका थिए।
पाकिस्तान–तेहरिक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष शाह महमूद कुरैशीले पुलिस सूचनामा इमरानको गिरफ्तारीको कुनै उल्लेख नभएको बताएका छन्। उनको अनुसार इमरानले आफ्नो कानुनी टोलीसँग २ः३० बजे बैठक गर्नेछन् । त्यसपछि उनले आफ्नो अर्को रणनीति बनाउने छन् ।
जमान पार्क बाहिर एक पत्रकार सम्मेलनमा फवाद चौधरीले भने,‘इमरान खान पक्राउ परे पाकिस्तानमा अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन हुनेछ । इमरानविरुद्ध ७४ वटा मुद्दा दर्ता छन् । यस्तो अवस्थामा उनी हरेक सुनुवाइमा उपस्थित हुन सक्दैनन् ।’

प्रतिक्रिया