१ मंसिर २०८२, सोमबार | November 17, 2025

डुंगेश्वर गाउँपालिका मुकामसम्म जोड्ने डुगेश्वर डाँडापराजुल ग्रामीण सडकको काम द्रुत गतिमा


November 17, 2025
913
Shares

कालिकोट, १ मंसिर । डुंगेश्वर गाउँपालिका मुकामसम्म जोड्ने डुगेश्वर डाँडापराजुल ग्रामीण सडकमा उल्लेखनीय प्रगति देखिएको छ। आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुन बम लगायतको टिमले सडकको अनुगमन गरेका छन।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम कार्यान्वयन ईकाई सुर्खेतका प्रमुख यगेन्द्र धरालाले मुख्यमन्त्री कडेल लगायतको टिम समक्ष आयोजनाले करिब ३५५ काम पूरा गरेको दाबी गरेका हुन्। मन्त्रालयका सचिव बमले आयोजना सोचे अनुरुप अगाडि बढिरहेको आफूले पाएको बताएका छन्।

मुख्यमन्त्री कडेलले भने यो योजनाले कर्णाली प्रदेशका ग्रामीण सडकको नमुना पेश गर्ने भएकाले त्यसरी नै द्रुत गतिमा आयोजना अगाडि बढाउन निर्देशन दिए । ढुँगेश्वर गाउँपालिका परिवार, सम्बन्धित कार्यालयका कर्मचारी, स्थानीय जनताबाट व्यापक सहयोग पाएकाले पनि आयोजना छिटो अगाडि बढिरहेको निर्माण व्यवसायी मानव बमले बताए साथै कर्णाली प्रदेश का निर्माण व्यावसायिक सघ महासचिव बम कालिकोट जिल्ला तथा कर्णाली प्रदेश मा एकदमै निर्माणका रुपमा छिटोछरितो र काम सम्पन्न गर्ने निर्माण व्यावसायिक पनि हुन र कर्णाली प्रदेश मा उन्को छुट्टै पहिचान मनि छ र उनी धार्मिक तथा सयोगी मनका धनी पनि छन ।

विश्व बैंकको ऋण सहायतामा सञ्चालन हुने गरी संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी पूर्वाधार विकास कार्यालयले रेखदेखको जिम्मेवारी लिने गरी उक्त सडक कालोपत्रे हुन लागेको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम कार्यान्वयन ईकाई सुर्खेतका प्रमुख यगेन्द्र धरालाले डुगेश्वर डाँडापराजुल करिब ८ किलोमिटर सडक कालोपत्रेका लागि २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँमा लागतमा निर्माण हुन लागेको बताए । उनका अनुसार उक्त सडक निर्माणको जिम्मा अमर–खड्काकृष्ण–वासना जेभीले २४ करोड बढीमा ठेक्का सम्झौता गरेको हो ।

सुरेशजंग शाही नेपाली पेन डटकमका कर्णालीका रिर्पोटर हुन् ।

प्रतिक्रिया