खापुङलाई विदेश भ्रमणमा रोक लगाउने आयोगको निर्णय
काठमाडौं,२७ कात्तिक । गत भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट सेवानिवृत्त भएका प्रहरीका महानिरिक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने भएको छ ।
खापुङलाई आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी सम्वन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको आयोगले जनाएको छ ।
आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।



