कांग्रेसको जेनजी आन्दोलन देउवा हटाएर गगनलाई सभापति : ज्योति मगर
काठमाडौं, २५ कात्तिक । लोक गायिका ज्योति मगर पछिल्लो समय सामाजिक र राजनीतिक विषयमा व्यंग गरेर चर्चामा आएकी छिन् ।
उनले रोचक तरिकाले घटनाक्रमबारे व्यंग गर्छिन् । उनको फ्यान फलोइन पनि ३ लाख भन्दा बढी छ । मंगलबार ज्योतिले जेनजी आन्दोलनको बारेमा केही टिप्पणी गरेकी छिन् । जसलाई धेरैजनाले सहि विश्लेषण समेत भनेका छन् ।
उनले जेनजी आन्दोलन नेपाली कांग्रेसका लागि पार्टी सभापति शेरबहादुर देउवालाई हटाएर महामन्त्री गगन थापालाई सभापति बनाउन भएको उल्लेख गरेकी छिन् । त्यसैगरी, ज्योतिले आन्दोलनल
रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट निकाल्न भएको बताएकी छिन् ।
जेन्जी आन्दोलन किन भयो ???
टिकटकर जेन्जी – मोबाइल मा उपद्र गरेर पैसा कमाउन।।।
कलाकार जेन्जी – युट्युब बाट डलर कमाउन।।।
रा स्व पा का जेन्जी – रबि लामिछाने लाई जेल बाट निकाल्न।।।
बालेन का जेन्जी – प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरि बालेन लाई प्रधानमन्त्री बनाउन,चील मा बस्न र स्वायग वाला एटिट्युड देखाउन।।।
मावबादि का जेन्जी – केपि भगायर प्रचण्ड लाई देश को बाग्डोर दिन।।।
काग्रेस का जेन्जी -देउवा हटायर गगन लाई सभापति बनाउन।।।
बार्बारा फाउन्डेसन का जेन्जी – सन्दुक रुइत को देवत्व को आड मा देश मा भाड भैलो मच्चाइ चीन को विरुद्ध मा गै तिब्बत आजाद गर्न तथा प्रत्येक्ष अप्रत्यक्ष अमेरिका लाई फेबर गर्न।।।
मधेस वारि पारी का जेन्जी (प्रचण्ड सरकार मा हुदा नागरिकता पायका) – ूजय नेपालूभन्दा ूजय हिन्दू भन्न नै सजिलो भयको ले।।।
हुने खाने बर्ग का जेन्जी -नेता का छोरा छोरी को हात को रोलेक्स घडी तथा लक्जरी लाइफ स्टायल आफू लाई पनि चाइयकोले।।
अन जि ओू र ूआइ एन जि ओू का जेन्जी – देश मा अस्थिरता कायम गरि मागी खाने भाडो मा डलर आर्जन गर्न।।।
राजाबादी का जेन्जी – राजा फर्काइ ूआइस्यो गैस्योू, ूराजा साहेब,बाबू साहेबू, ूहुकुम बक्स्यो,कृपा बक्स्योू वाला सस्कार बर्करार राख्न र हिन्दु राज्य घोषण गर्न।।।
तर अपबाद मा कोइ कोइ चै आम जेन्जी थिय जसलाइ देश को चिन्ता थियो,बेथिति को विरुद्ध मा आवाज बुलन्द गर्नु थियो शान्तिपुर्ण आन्दोलन गरि सरकार लाई खबरदारी गर्नु थियो दुर्भाग्य उनिहरु कै अगाडि निर्दोष हरु ढले उनिहरु कै अगाडि देश जल्यो।।।


