२३ कार्तिक २०८२, आइतबार | November 9, 2025

कुलमानले भोलि दल दर्ता गर्दै


November 9, 2025
0
Shares

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा रहेका कुलमान घिसिङले भोलि राजनीतिक पार्टी दर्ता गर्ने भएका छन् ।

सोमबार निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा रहने लगभग निश्चित भएको स्रोतले जनाएको छ ।

आयोगमा १ सय २५ राजनीतिक दल दर्ता भइसकेका छन् । गत भदौको जेन–जी आन्दोलनपछि १५ दल दर्ताका लागि आयोगमा निवेदन परेको छ ।

प्रतिक्रिया