२६ कार्तिक २०८२, बुधबार | November 12, 2025

प्रिय आमा


November 12, 2025
913
Shares

प्रिय आमा

प्रिय आमा तिमी कति महान छौ है ?
सौभाग्य खोसिएका जलनहरु,
मुस्कानको मास्कभित्र लुकाउछ्यौ ।
खस्रो हासोभित्र छरपस्टिएका पिडाहरु,
आफ्नै मुटुभित्र दुखाउछ्यौ ।।
बर्बर बर्सिएका अश्रुधाराहरु,
कसैले नदेख्ने गरी सुकाउछ्यौ ।।।

प्रिय आमा,
म नियाली रहेको छु,
तिम्रो दुबै प्रतिबिम्ब,
त्यो पीडा र त्यो शक्ति,
बुवाको स्वर्गको बाटो सहज बनाउन,
कलशमा जल र पालामा दियो बालेर
स्वर्ग र धर्तिको पुल कोरेकी छौ ।
शब्द छैन, तर प्रार्थना गरेकी छौ,
जहाँ भए नि, शान्त रहोस्
मेरो आधा आकाश भन्दै दुई हात जोडेकी छौ ।।

प्रिय आमा,
सबै चोटको रगत कहाँ आउँछ र ?
मात्र भित्रभित्रै आत गलाउछ ।
देखिने घाउको पो मलम हुन्छ,
अदृश्य पिडाले त मुटु जलाउछ ।।
हास्नलाई सजिलो कहाँ छ र ?
कुन्ठालाई कुल्चिएर उठनुपर्छ ।
बाच्नलाई सजिलो पो कहाँ छ र ?
पीडा लुकाएर जुट्नुपर्छ ।।

प्रिय आमा,
त्यो शोकभित्र पनि अदृश्य शक्ति छ ।
भन्छौं , “तिम्रो बुबा म भित्रै छन”
यो सुन्दा मन टुट्छ, तर गर्व पनि लाग्छ,
बुवाप्रती तिम्रो अटल श्रद्धा अनि भक्ती छ ।।

प्रिय आमा,
तिम्रो मौनता मेरो प्रेरणा हो,
तिम्रो साहस मेरो प्रार्थना हो,
तिम्रो न्यानो काख मेरो पहिलो ब्रह्माण्ड,
जहाँ माया, ममता र धैर्यता भेटिन्छ ।
अल्झिएका आशा र गलेका पाईलाहरु
तिम्रो न्यानो स्पर्शमा हर थकान मेटिन्छ ।।

मनोज शर्मा गौतम

प्रतिक्रिया