२१ कार्तिक २०८२, शुक्रबार | November 7, 2025

रामकुमारी झाक्रीले माधव नेपाललाई भनिन्–लोकले के भन्ला भन्ने पनि लागेन र ?


November 7, 2025
166
Shares

काठमाडौं, २१ कात्तिक । नेकपा एस त्यागेर नेकपा एमालेमा प्रवेश गर्न लागेकी रामकुमारी झाक्रीले माधव कुमार नेपालले गरेको कारबाहीको केही अर्थ नहुने टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुक्रबार झाक्रीले लेखेकी छिन्,–आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडरु केही अर्थ छ र अब पनि कारबाहीकोरु लोकले के भन्ला भन्ने पनि लागेन ररु तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।

एमाले पार्टी फोरेर नेकपा एस दर्ताको क्रममा झाक्रीले नेपाललाई हात समातेर निर्वाचन आयोगमा गएको फोटो निकै चर्चित भएको थियो । त्यसलगत्तै झाक्री मन्त्री समेत भएकी थिइन । अहिले भने नेपालले माओवादी केन्द्रसँग पार्टी समाहित गरेपछि झाक्री लगायतका नेताहरु असन्तुष्ट भएका छन् । उनीहरु मुल घर एमालेमै फर्कने तयारी गरेको बुझिएको छ ।

प्रिय कमरेड माधव
अभिवादन१
आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडरु केही अर्थ छ र अब पनि कारबाहीकोरु लोकले के भन्ला भन्ने पनि लागेन ररु तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेडरु समाज र देशको लागि जीवनरजवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ ररु हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।

प्रतिक्रिया