कांग्रेस केन्द्रीय कार्यालयको गेटमा लगाइएको ताला कसरी खुल्यो ?
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि ताला खुलाइएको हो ।
नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग सहित युवाहरूले ताला लगाएका थिए ।
सुनिश्चितता बारे केन्द्रीय समितिमा छलफल गर्ने र निर्णय लिने प्रतिवद्धता गरेपछि ताला खोलिएको हो ।
दुईदिन अघि देखि लगाइएको ताला केन्द्रीय समिति बैठक सुरु हुनु अघि खोलिएको हो । शुक्रबारदेखि स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।


