२५ आश्विन २०८२, शनिबार | October 11, 2025

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएपछि जेनजी युवाहरुको नाराबाजी


October 11, 2025
83
Shares

काठमाडौं,२५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएपछि केही युवाहरुले नाराबाजी गरेका छन् । जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै बसेरै नाराबाजी समेत गरेका हुन् ।

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् ।

उनीहरुले अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल आयोजना गरेका छन्। अहिले शीतल निवासमा छलफल जारी छ ।

 

प्रतिक्रिया