२४ आश्विन २०८२, शुक्रबार | October 11, 2025

ओलीको लिखित रुपमै राजीनामा माग्ने को–को ?


October 10, 2025
498
Shares

काठमाडौं,२४ असोज। नेकपा एमालेको आजदेखि सुरु भएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको लिखित रुपमा राजीनामा माग गरिएको छ ।

उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले लिखितरूपमै अध्यक्ष ओलीको राजीनामा मागेका हुन् ।

ओलीको गुण्डुस्थित डेरामा आज बसेको सचिवालय बैठकमा उनीहरूले अब पुरानै सोचबाट पार्टी चल्न नसक्ने भन्दै लिखित राय राखेको स्रोतले जनाएको छ ।

ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा अहिले पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे उभिएका छन् ।

प्रतिक्रिया