बाहिर निस्कदै हुनुहुन्छ भने सडकको अवस्थाबारे जानकारी लिनुहोस् !

काठमाडौं,२३ असोज । देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरूपमा र ३ ठाउँ एकतर्फी रूपमा अवरुद्ध भएका छन्।
अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ र मकालु गाउँपालिकामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
इलाम, पाँचथर, रसुवा, काभ्रे, सिन्धुली, हुम्ला र कालिकोटका विभिन्न सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा छन्।
बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका-८ वगुवा खोला र बकैया गाउँपालिका-११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्चालनमा आएका छन्।
हेर्नुहोस् अवरोध भएका राजमार्ग र सडकको विवरण :