विपिन जोशीको भिडियो आयो, के छ अवस्था ?

काठमाडौं, २३ असोज । मुस्लिम अतिवादी संगठन हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशीको भिडियो क्लिप सार्वजनिक भएको छ । इजरायलको गुप्तचर निकायले उनको भिडियो सार्वजनिक गरेको हो ।
२०२३ को उक्त भिडियोमा विपिनले आफू नेपाली रहेको र इजरायलमा कृषि कार्यक्रम अन्तर्गत आएको खुलाएका छन् । भिडियोमा उनी आत्तिएका देखिन्छन् ।
हमासले इजरायलमाथि आक्रमण गरी सयौंको अपहरण गर्दा विपिन पनि परेका थिए । उनीसँगै गएकामध्ये कतिपयको मृत्यु भएको छ । कतिपय छाडिए । विपिन भने बन्धक बनाइए ।
विपिन जोशीको रिहाईको पहल चलिरहेको छ । इजरायल र हमासबीच युद्धविराम भएपछि विपिनको रिहाईको अपेक्षा गरिएको छ ।