२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

नेपाल राष्ट्रको स्थापना दिवस


September 25, 2025
8.1k
Shares

काठमाडौं,९ असोज ।  आज २५ सप्टेंबर (असोज ९) आधुनिक नेपाल राष्ट्रको जग बसालेको ऐतिहासिक दिनको प्रतीक हो। गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई विजय गरी स–साना बाइसे–चौबिसे राज्यहरूलाई एउटै मालामा उनेर विशाल तथा सार्वभौम नेपालको निर्माण गर्नुभएको थियो । यो मितिले नेपालले आफ्नो स्वतन्त्र पहिचान कायम गरेको र तत्कालीन शक्तिशाली बेलायती साम्राज्य (British India) को वरिपरि हुँदाहुँदै पनि आफ्नो अस्तित्व जोगाउन सफल भएको थियो।

आज फेरी जनतामा निहित सार्वभौम सत्ताको सम्मान गर्दै राजा ज्ञानेन्द्रले राष्ट्रहित र जन चाहना अनुरूप मात्र पुनःराजाको गद्दी स्वीकारने भनि राजा पृथ्वीनारायण शाहले बसालेको त्यो जग अझ बलियो बनाएका छन्।

धमीलो पानीमा माछा मारने बिदेशी रणनीति हो!
राजाले क्षत्रिय धर्म र श्री ५ अतः पंचाधिपतिको दायित्व शिरोधर्य गर्छन्।
भ्रष्टाचारी हटायौ बिदेशि का लागी काम गर्ने ल्यायौ!!

पदको लोभमा आफैले बनाएको कानून आफूखश प्रयोग गर्ने, chiefjustice गुप्तचर भनी देश निकाला गरेकाले स्थापना गरेको बिदेशी संस्था barbarafoundation मा काम गर्ने जतीलाई मन्त्रीको पद दिने, इतिहास जलाउने, लूटपाट गर्ने, प्रहरीलाई जिउदै जलाउन प्रोत्साहन गर्ने, सड़कमा हिंसा भड़काउने ती आगो लगाउने अपराधीहरुको प्रेरणा,ती बच्चाहरूलाई गोली खान अघी सारने अपराधीको नेतृत्वले चलाएको यो सरकारले देशको सार्वभौमसत्ता जोगाउन सकदैन।

निर्वाचनको लागी संबिधान कुलचेर बनेको यो सरकारले देशको सम्पूर्ण समरचनामा हस्तछेप गर्नु गैर कानूनी हो ।

प्रतिक्रिया