४ आश्विन २०८२, शनिबार | September 20, 2025

भिडलाई उक्साएर रविलाई जेलबाट निकाल्नेमा मनिष झाको संलग्नता


September 20, 2025
249
Shares

काठमाडौं,४ असोज । जेनजी आन्दोनलको दोस्रो दिन नख्खु जेलमै पुगेर भिडलाई उक्साएर रास्वपाका सभापति रवि लामिछानेलाई बाहिर निकाल्नेमा रास्वपाका प्रवक्त एवं पूर्वसांसद मनिष झा कै संलग्नता रहेको खुलासा भएको छ । अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उलने भिडलाई उक्साएर आगो लगाउन लगाएर भागेको जस्तो देखिन्छ ।

भदौ २४ गते पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएपछि उत्पन्न परिस्थितिलाई लिएर रास्वपाभित्रै ठूलो तरंग पैदा भएको थियो । सार्वजनिक भएको भिडिओमा नख्खु कारागार परिसरमा आगो बलेको, धुवाँ फैलिएको र मानिसहरूले सार्वजनिक सम्पत्तिमा तोडफोड गरिरहेको देखिन्छ । भिडिओबाट प्रवक्ता झा स्वयं जेनजी आन्दोलनको क्रममा नख्खु कारागार पुगेको र भीडलाई उक्साएर लामिछानेलाई जेलबाट निकाल्न भूमिका खेलेको खुलेको छ । रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थिए ।

उनको जेलबाट रिहाइलाई ‘विजय जुलुस’ जसरी प्रस्तुत गरिएपछि रास्वपाको केन्द्रीय समितिमा भर्चुअल छलफलका क्रममा चर्को असन्तुष्टि व्यक्त भएको थियो । सुमना श्रेष्ठले लामिछानेलाई जेलबाहिर ल्याउने तरिका गलत भएको टिप्पणी गरेकी थिइन् । सुमनालाई हरि ढकालले खिसिटिउरी गरेपछि पार्टी नै छाडेकी छिन् ।

केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले आन्दोलनमा चलखेल गर्न नहुने र त्यसको परिणाम आफ्नो पक्षमा पार्न नहुने भन्दै आपत्ति जनाएका थिए थिए । लामिछाने जेलबाट निस्किँदा ‘रिगल ढकाल ९योगराज० निस्किएजस्तो गरी’ विजय जुलुससहित निस्किएको भन्दै यसलाई ‘डनको झल्को’ दिएको टिप्पणी गरेका थिए ।

https://www.facebook.com/reel/1323728439156684

प्रतिक्रिया