०४६ यता उच्च पदमा पुगेकाको सम्पत्तिको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छः विश्वप्रकाश शर्मा

काठमाडौं,३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४ वटा शक्तिशाली उच्चस्तरीय आयोगको माग गरेका छन् ।
गत भदौ २३ गते पहिलो दिन जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनाबारे छानबिन गर्न न्यायिक आयोग गठन गनुपर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदैं उनले भदौ २४ गते दोस्रो दिनको प्रदर्शनमा भएको घुसपैठ पश्चात् तोडफोड र आगजनीको सम्पुर्ण छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरेका हुन् ।
संविधान दिवसको सबैलाई शुभकामना दिँदै, सरकारले अविलम्ब
४ समिती निर्माण गरोस्
१० ३पहिलो – भदौ २३ मा न्भलश् को प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनामा न्यायिक आयोग
२० ३दोस्रो भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ पश्चात् तोडफोड र आगजनीको सम्पुर्ण छानबिन गर्न उच्चस्तरीय आयोग
३० ३तेस्रो – भ्रष्टाचारका विभिन्न मुद्दा उपर ञउच्चस्तरीय शक्तिसाली छानबिन
४० ३चौथो -०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग
अहिलेसम्मको राजनैतिक यात्रामा म जम्माजम्मी एक पटक सांसद बनें, तर अपील गर्छु मेरो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस् राजनैतिक नेतृत्वमा रहेका हामी सबै नै परिक्षणका लागि तयार बनौं