२ आश्विन २०८२, बिहिबार | September 18, 2025

राजधानीमै छैनन् महिला सुरक्षित, खाना खाइरहेको बेला सीतादेवीमाथि हतियार प्रहार


September 18, 2025
830
Shares

काठमाडौं,२ असोज । काठमाडौंमा एक महिलामाथि हतियार प्रहार भएको छ । गोकर्णेश्वर नगरपालिका -७ स्थित शिव चोकमा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो।

सीतादेवीले आफ्नै घरमा खाना खाइरहेको अवस्थामा उनीमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर हतियार प्रहार गरेको खुलेको छ। अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया