ओली सरकारप्रति जनताको आक्रोश किन ?

काठमाडौं,२७ भदौ । गत भदौ २३ र २४ गते युवा र विद्यार्थीहरुले गरेको आन्दोलनमा सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुगेको छ । जेनजी को आन्दोलनमा प्रदर्शनकारीहरुले सिहंदरबार,संसद भवन,राष्ट्रपति भवनलगायत महत्वपुर्ण, सार्वजनिक सम्पत्तिहरुमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनको बारेमा कतिले घुसपैठ त केहीले बिदेशीको इसारामा भएको टिप्पणी गरीरहेका छन् ।
प्रदर्शनको क्रममा देशभर ५१ जनाको मृत्यु भएको छ । प्रदर्शनको पहिलो दिन सोमबार १९ जना विद्यार्थीहरुले प्रहरीको गोलि लागेर मृत्युवरण गरे । प्रहरीको गोलिबाट विद्यार्थीहरुको मृत्युभएपछि आक्रोसित प्रदर्शनकारीहरुले मंगलबार देशभर आगजनी,तोडफोड,नेतामाथि कुटपिट र उनीहरुको नीजि सम्पत्तिमा आगजनी गरे । र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै सरकार ढल्यो ।
पुर्व व्यवसायी एवं पत्रकार, हाल अमेरिकामा रहेका हरिप्रसाद सुवेदीले नेताहरुको १४ कारणले आन्दोलन भएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्
आन्दोलनमा घुसपैठ भयो र बिदेशीको इसारामा भन्दा जनताले पत्याइदिनु पर्ने?
(१) रबिलाइ नियोजित रुपले सहकारी काण्ड र सम्पती शुद्धिकरणको झुठो मुद्दा चलाएर रास्वपा सिध्याउने कुन बिदेशीको इसारामा भएको थियो ?
(२) धनराज , ऋषिकेस पत्नीलाई सहकारी बाट चोख्याउने र सामान्य धरौटीमा छुटाउन कुन बिदेशीको इसारामा गरिएको थियो ?
(३) शरणार्थी काण्डमा मुछिएका आर्जु र मन्जु खाणलाई पुरकार स्वरुप परराष्ट्र मन्त्री र भैरहवा एयरपोट्र्को भ्रष्टाचार छानबिन समिति सभापति बनाउन कुन बिदेशीको इसारामा भएको थियोे ?
(४) बालुवाटार जग्गा काण्डमा मुछिएका बिष्णु पौडेलले र बासबारीको जग्गा फिर्ता गर्दा हुने कानुन नलाग्ने, बालमन्दीर काण्डमा नेताकी बहिनीलाई चोख्याउने कुन बिदेशी इसारामा भएको थियोे ?
(६) टेरामक्सका २५ अर्ब घोटालाको बिगो आरोपिलाई २५ लाख धरौटीमा छोड्न कुन बिदेशी शक्ति लागेको थियो ?
(७)बालेनसँग एउटा भ्रष्ट अधिकृत पठाएर निहु खोज्न र काम गर्न नदिन कुन बिदेशी शक्ति लागेको थियो ?
(८) ४ महिना मात्र कार्यकाल बाँकी रहेका लोडसेडिङबाट नेपाललाई मुक्त गराउने कुलमानलाई हटाएर अर्को आफ्नो पाटीको झोले राख्ने कुन बिदेशी शक्ति लागेको थियो ?
(९) भिजिट भिसा छानबिन गरौ भन्दै ३ महिना संसदमा कराउदा नि पेलेर लान कुन बिदेशीले इसारा गरेको थियो ?
(१०) कुलिङ अफ पिरियडमा अभियुक्त भएका रामहरि खतिवडालाई कारबाही गर्नु को सट्टा सबैधानिक नियुक्तिको सभापति बनाउन कुन बिदेशीले इसारा गरेको थियो ?
(११) बाटो हिड्दै गरेकी बच्चिलाई मन्त्रीको गाडीले ठक्कर दिएर भाग्दा ऊ जस्तो मान्छेले माफी माग्नु वा कारर्बाही गर्नुको सट्टा ‘सामान्य हो राजनीतिक करण नगरौ भन्नू कुन बिदेशीको इसारामा’ बोलिएको थियो ?
(१२) यस्तै जनताले नरुचाउने धेरै कामहरुको आलोचना सामाजिक सन्जालमा आउदा सामाजिक संजाल नै बन्द गरिदिने कुन बिदेशी शक्तिले गरेको थियो ?
(१३) न्यायालय जस्तो पबित्र ठाउँमा न्यायाधीश नियुक्तिमा पार्टीको भागबन्डा गर्न र आफ्नो कार्यकर्ता राख्न कुन बिदेशीले इसारा गरेको थियो ?
(१४) एउटी अनाथ बालबालिकालाई सहारा दिईरहेकी महिला उपसभामुखलाई महाअभियोग लगाएर निकाल्न खोज्नु र आफ्नो पार्टीका संबैधानिक पदमा नियुक्ति गर्न खोज्नु कुन बिदेशी शक्तिको हात थियो ?
अब जनता लाटा छैनन् । यी सबै काण्डै काण्डले यो बिद्रोह भएको हो । बिदेशीको हात हैन् । तिमीहरू कै हात छ । यो बिद्रोह हुनुमा ।