जेनजी प्रदर्शनका आगजनी,लुटपाटका भिडियो एवं फोटो पठाउन प्रहरीको अपिल

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीले जेनजी युवाहरुको आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि सबुद प्रमाण पठाएर सहयोग गर्न अपिल गरेको छ ।
प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा डर सिर्जना हुने गरीका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन आम समुदायसँग अनुरोध गरेको हो ।
त्यस्ता प्रमाण नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा [email protected] पठाउन आग्रह गर्दै प्रहरीले सबुद दिनेहरूको गोपनीयता कायमै राख्ने स्पष्ट पारेको छ ।