२५ भाद्र २०८२, बुधबार | September 11, 2025

महाराजगञ्‍ज क्षेत्रमा लुटपाट गर्ने ४ जना पक्राउ,७ नाल हतियार बरामद


September 10, 2025
0
Shares

काठमाडौं,२५ भदौ ।नेपाली सेनाले महाराजगञ्‍ज क्षेत्रमा लुटपाट गर्ने ४ जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाकाबाट लुटपाट गर्ने ४ जना व्यक्तिहरु सहित ७ नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिजहरु तथा व्यक्तिगत सामाग्रीहरु बरामद गरेको सेनाले जनाएको छ ।

साथै, विशेष सूचनाको आधारमा बालाजु माछापोखरी ईलाकाबाट पनि थप १ ९एक० नाल हतियार बरामद गरेको हो । योसँगै हालसम्म ७३ नाल हतियार बरामद भएको छ । काभ्रेको धुलिखेल जिल्ला कारागारमा कैदिबन्दीको नेपाल प्रहरीसंग झडप भएकोमा हाल स्थिति नियन्त्रणमा आएको छ ।

त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको छ । सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्‍चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया