सेनाले लुटिएका हतियार र पैसा बरामद गर्यो

काठमाडौं, २५ भाद्र । नेपाली सेनाले जेन जी आन्दोलनका क्रममा लुटिएका हतियार र पैसा धमाधम बरामद गरिरहेको छ । लुटिएका हतियार फिर्ता गर्न सेनाले सूचना समेत जारी गरेको छ ।
२४ भाद्र २४ को राति १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ ।
३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गरिरहेको जनाएको छ । काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार बरामद गरेको छ ।
काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको उल्लेख छ । यन्त्रण गरिरहेको जनाएको छ । काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार बरामद गरेको छ ।
काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको उल्लेख छ ।