ट्रम्प दर्शक बनेको युएस ओपनको उपाधि अल्कारेजलाई

एजेन्सी, २३ भाद्र । युएस ओपन टेनिस २०२५ विशेष रह्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुने भएपछि सुरक्षाका लागि प्रतियोगिता ३० मिनेट ढिलो सुरु भयो ।
पुरुषतर्फको युएस ओपन स्पेनका कार्लोस अल्कारेजले जिते । उनले इटालीका जानिक सिनरलाई चार सेटमा पराजित गरे । पहिलो सेट जितेका अल्कारेजले दोस्रो सेट गुमाए । तर, तेस्रो र चौंथो सेट जिते ।
उपाधि जितेर अल्कारेज विश्व नम्बर एक बनेका छन् । यसअघि सिनर विश्व नम्बर एक थिए ।