२१ भाद्र २०८२, शनिबार | September 6, 2025

पाण्डेयद्धारा लिखित “हिन्दु शासनकला र रामराज्य” पुस्तक विमोचन


September 6, 2025
83
Shares

काठमाडौं,२१ भदौ । प्रा.डा.लालमणि पाण्डेयद्धारा लिखित “हिन्दु शासनकला र रामराज्य” पुस्तकको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रम शुक्रबार बागबजारस्थित पद्यकन्या क्याम्पसको डेनिस हलमा आयोजना गरिएको हो ।

राजनीति शास्त्रका विशिष्ट साधक हिन्दु राजनीतिक विचारका अध्येता पाण्डेयद्धारा लिखित सो पुस्तक संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा र नेपाली कांग्रेसका नेता पुराना नेता एवं पूर्वमन्त्री मानबहादुर विश्वकर्मा, पूर्व उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुसाल, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल,प्रा अम्बिर पाण्डेको उपस्थितिमा विमोचन गरिएको हो ।

कार्यक्रममा वत्ताहरुले पुस्तकको समिक्षा गर्दै शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया