शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन प्रहरीको आग्रह

काठमाडौं,१९ भदौ । काठमाडौं उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रण गर्न नेपाल प्रहरीले अभियान संचालन गरेको छ ।
प्रहरीले उपत्यकामा बढ्दो ध्वनी प्रदुषण नियन्त्रण गर्न शान्त तथा अवरोधमुक्त छिमेकी अभियानको सुरुवात गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियानको अनुसार अनावश्यक ठुलो आवाजमा कुराकानी गर्ने, हर्न बजाउने, रातिमा कुकुरको सिठ्ठि बजाउने गतिविधीमा रोक लगाइने छ ।
रातको समयमा शौचालयमा फ्लश गर्दा आवाज नआउने गरी काम गर्न पनि प्रहरीले आग्रह गरेको छ ।