प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिव मिश्रीको भेटमा के कुरा भयो

काठमाडौं, १ भाद्र । भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा मिश्रीले प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भ्रमणको निम्तो दिएको बुझिएको छ । उनले मोदीको सन्देश पनि सुनाएका थिए ।
मिश्रीले दुई देशको सम्बन्ध र नियमित उच्चस्तरीय आदानप्रदानका बारेमा पनि कुरा गरेका थिए । भारतले नेपाललाई दिदै आएका सहयोगका सम्बन्धमा पनि मिश्रीले कुराकानी गरेको बुझिएको छ ।
आइतबार काठमाडौं आइपुगेका मिश्री भोलिसम्म नेपाल भ्रमणमा रहनेछन् । उनले मुख्य राजनीतिक दलका नेता देखि परराष्ट्र मन्त्री आरजु राणालगायत उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने तय छ ।