३ आश्विन २०८१, बिहिबार | September 20, 2024

आरजु देउवा मुछिइन् एकपछि अर्को अरबौंको काण्डमा


0
Shares

काठमाडौं, २५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुनुभन्दा अघि आरजु देउवा राणा परिवारकी सदस्य थिइन् । उनी पश्चिमा देशमा विद्यावारिधी गरेकी महिलाका रुपमा चिनिन्थिन् ।

तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकको पहलमा आरजुको विवाद देउवासँग भयो अनि उनी बनिन् आरजु देउवा । आरजुसँग विवादपछि देउवा पाँचपटक प्रधानमन्त्री बने । यस क्रममा देउवा जति विवादमा मुछिए सबैमा आरजुको संलग्नताको विषय चर्चामा आयो ।

पछिल्लो समय देउवा प्रधानमन्त्री बन्दा अरबौं घोटालाका काण्डहरु आए । जसमध्ये प्रिन्टिङ प्रेस खरिद, टेलिकमसम्वद्ध खरिद हुँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम मुछियो ।

तर, आरजुले आफूले नबिराएकाले नडराउने बताइन् संसदमा । उनले आफू कसैसँग नडराउने भन्दै महिला भएकैले पुरुषहरुले अगाडि बढेकोमा आरिस गरेको आरोप लगाइन् ।

शरणार्थी प्रकरणमा प्रहरीले आरोपीहरुको बयान लिने क्रममा आरजु देउवाको संलग्नता समेत खुलाएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नी मञ्जु खाँडको नाम समेत आरोपीले बयानमा भनेका छन् । यसले तरंग नै आएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाउन करोडौं रकम घूस लिएको विषय अनुसन्धान भइरहेको छ । यस क्रममा शक्तिशाली व्यक्तिहरु पक्राउ परिसकेका छन् । नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा. इन्द्रजीत राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाकाका स्वकीय सचिव रहिसकेका केशल दुलाललगायत प्रहरी हिरासतमा छन् ।

पक्राउ पूर्जी जारी भएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी फरार छन् । यो घटनामा जोडिएका जोकसैलाई नछाड्ने प्रधानमन्त्री प्रचण्डले चेतावनी दिइसकेका छन् । यसले नेपाली राजनीतिलाई नै तरंगित पारेको छ ।

प्रतिक्रिया