२७ श्रावण २०८२, सोमबार | August 11, 2025

आफ्नो भागको बिगो बापतको रकम तिर्न तयार भएपनि निस्कन पाएनन् रवि


August 11, 2025
83
Shares

बुटवल,२६ साउन । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको एकल इलजालसले थुनामा पठाउने आदेश गरेको हो ।

रविले आफ्नो भागको बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा गत साउन १९ गते सोमबार निवेदन दिएका थिए । उनले आफु सहकारी ठगीमा संम्लग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको आफैबाट सुनिश्चित गर्न चाहेको भन्दै उनले निवेदन दिएका थिए । रवि गत चैत्र २५ गतेदेखि बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा प्रहरीको हिरासतमा छन् ।

लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए।

 

प्रतिक्रिया