गण्डकी प्रदेशमा कुन–कुन दरबन्दी खारेज भए (सूचीसहित)

पोखरा,२६ साउन । गण्डकी प्रदेश सरकारले सात निर्देशनालयसहित नौ सरकारी निकाय खारेजपछि १८५ जना कर्मचारीको दरबन्दी पनि खारेज गरेको छ ।
प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले ७ निर्देशनालयसहित ९ सरकारी कार्यालयहरु खारेज गरेको हो ।
यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।