एनआइएमबी बैंकविरुद्धको एनभिएको आन्दोलन जारी रहने

काटमाडौं,२३ साउन । चल अचल सम्पत्ति मुल्यांकनकर्ताहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंक बिरुद्ध आन्दोलनका कार्यक्रम अझै जारी राख्ने भएको छ ।
देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य रोक्ने काम यथावत राख्दै धर्ना,जुलुस,पत्रकार सम्मेलन लगायतका पूर्व निर्धारित आन्दोलनका कार्यक्रम र दोस्रो चरणको आन्दोलन घोषणा कार्यक्रम हाललाई स्थगित गरिएको सचिव ई. रबिन्द्र अधिकारीले जानकारी दिए ।
आज बसेको आन्दोलन परिचालन समितिको बैठकले एनआइएमबी बैंक र नेपाल बैंकर्स एशोसिएसनको पत्रलाई स्वागत गर्दै सम्पुर्ण धर्ना,जुलुस,पत्रकार सम्मेलन लगायतका पूर्व निर्धारित आन्दोलनका कार्यक्रम र दोस्रो चरणको आन्दोलन घोषणा कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको हो ।
आगामी भदौ १ गतेदेखि बैंकले आन्दोलनरत एनभिएलाई वार्ता तथा संवादका लागि बोलाउने तयारी गरेको बुझिएको छ ।
एनभिएले आफ्ना जायज मागहरु सम्बोधन नभए अझै शसक्त रुपमा आन्दोलन गर्न बाध्य हुने पनि जनाएको छ ।
साथै, संस्थाले आगामी दिनहरुमा पनि मुल्यांकनकर्ता सदस्यहरु, आन्दोलनप्रति ऐक्यवद्धता जनाउने संघ संस्थालगायत सबैको सहयोगको अपेक्षा गरेको समेत आन्दोलन संयोजक ई.दिनेश कुमार पाठक र महासचिव ई.अशोक सिलवालद्धारा जारी विज्ञिप्तीमा उल्लेख गरिएको छ ।
संस्थाले गत साउन १२ गतेदेखि पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै देशभरका एनआइएमबी बैंकका शाखा कार्यालयहरुमा काम ठप्प पारेर आन्दोलनमा उत्रिएको थियो ।