परिवर्तनको सुरुवात युवाबाटै सम्भव छ,सोचाइ बदलौं : संजिव गुरुङ्ग

संजिव गुरुङ्ग । नेपाल प्रहरी संगठन आफैमा एक गर्बिलो दरिलो भरोसाको धरोहर संगठन हो। एक इतिहास बोकेको संगठनमा क्षमतावान प्रहरी अधिकृतहरू धेरै छन्।
हिजो र आजको समय पक्कै फरक छ, नीति पक्कै फरक छ। राज्यमा नीति परिमार्जन भइरहँदा आम सर्वसाधारणले कतिपय नीतिहरूको अवस्था आवश्यकता बुझेका हुँदैनन्। त्यसैले आज समाजमा नीति बुझाउन, नीतिका पालन गर्न सिकाउन, सचेत गराउनको लागि प्रहरी संगठन आफैमा दक्ष छ ।
यसो हुँदै गर्दा समय सापेक्ष कहिलेकाहीँ यदाकदा सरसंगत, साथीभाईका भिडमा रमाइलो गर्दै गर्दा भिडभाड हुनु सामान्य कुरा हो।
कहिलेकाहीँ सामान्य घटनाहरु घट्नु पनि समाजमा सामान्य मानिन्छ ! यस्ता सामान्य घटनाहरूलाई न्यूनिकरण गर्नु आम नागरिक र कानुन पालकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । यसो हुँदै गर्दा समाजमा कसैलाई असर पुग्ने गरी बाटो छेक्नु,रोक्नु, होहल्ला गर्नु गैर जिम्मेवारी हो यसलाई सचेत भई आफैले बुझ्नुपर्छ।
तर, आम नागरिकले पाएको अधिकार पनि प्रष्ट छ। खान पाउने,लाउन पाउने, हिँड्न पाउने यी अधिकारहरुलाई मानव समाजमा कसैले हनन गर्न सक्दैन । समाजभित्र हरेक सोच भएका फरक सोच भएका आम सर्वसाधारण भेटिनु र फरक स्वभाव भएका व्यक्तिहरु रहनु पनि कुनै नौलो कुरा होइन। त्यहाँ भित्र भएका राम्रा पक्ष नराम्रा पक्ष तिनै व्यक्तिहरुबाट देखिने कुराहरू हो आज समाजमा युवाहरू माथि लाग्दै गरेका केही उपनामहरू गुण्डा भनेर समाजमा चिनाउँदै गर्दा साँच्चिकै यिनले गलतै गरेको हुन् त ? यसले समाजमा अराजकता मच्चाएकै हो त ? यीनीहरुले समाजमा अन्याय गरेकै हुन् त ? यो पहिलो प्रश्न रहनेछ । उनीहरुबाट साँच्चिकै समाज तरङ्गितै भएको हो भने कानुन अनुसारको कारबाही अपरिहार्य छ । तर कानुन संरक्षकहरूबाटै आतंकित बनाएर यो गर ! त्यो नगर ! यो खा ! त्यो नखा ! त्यो ला ! त्यो नलगा ! गाडी नचढ ! यस्ता प्रकृतिका कामहरु हुन्छ भने त्यो पनि निन्दनीय हुन्छ ! समय सँगसँगै आम सर्वसाधारण पनि सचेत हुने कि ? कानुनका पालकहरुले पनि साँच्चिकै मन वचन कर्मदेखि तपाईहरुले सिकेको जानेको दक्ष क्षमताको समाजमा लागू गरी समाजलाई हरेक तवरबाट सुरक्षित राखी सचेत गराउने पो हो की !
आज समाजमा देखिएका पत्रकारिता–कसलाई के लेख्दा कसलाई के भन्दा मैले के लेख्दैछु र यसले समाजमा शान्ति सुव्यवस्था कायम गर्छ या यसले समाजलाई नै खलबल्याउँछ भन्ने कुरा मनन गरेर तपाईहरुको कलम चल्ने पो हो कि ! आज यो देशले शान्ति खोजेको छ ! यो देशमा आम सर्वसाधारणले न्याय खोजेको छ ! युवा पुस्ताले खाने लाउने हिँड्ने काम गर्ने भेला हुने नागरिकको अधिकार खोजेको छ । यो न त राज्यपक्षबाट न त कुनै व्यक्ति विशेषबाट यसको हनन हुनुहुन्छ सबैले नीतिको पालना गर्ने एउटा वातावरण सिर्जना गर्नु आजको पहिलो आवश्यकता हो । भिड जम्मा गर्नु रमाइलो गर्नु नै गुण्डागर्दी गर्नु होइन ।
सचेत भएर आज परिवर्तित समाजमा बसेकाहरुले बुझ्ने बेला भएको छ। म युवा हुँ। म युवाको हैसियतले मैले देखेका मैले भोगेका यी नेपाल भूमिका वास्तविकतालाई हेर्दा आज सामाजिक सञ्जालहरूमा युवामाथि प्रहार हुँदै गर्दा मलाई पनि प्रश्न चिन्ह खडा गरेको छ । म कसरी हिँड्ने ?म कसरी डुल्ने र मैले कति बोल्ने ? यस्ता प्रश्नहरुले सधैं घचघचाइ रहनेछ । समय सँगसँगै परिवर्तन हुनु आजको आवश्यकता हो। अनावश्यक अतिरञ्जित गरेर समाजको अस्तित्वलाई खलबलाउने काम कुनै पनि तहबाट गरिनु हुन्न यो मेरो बुझाई हो । सचेत बनौँ नीतिको पालना गरौं । पालकहरुले पालना गर्न सिकाउँ ! धरपकड होइन युवा संसारभरिको शान हो, युवालाई सही बाटोमा हिँडाउन सकियो भने नयाँ परिवर्तनको सुरुवात हरेक दिशा दिशामा हुनेछ युवा पुस्ताले पनि सोच बदलौँ । राम्रो गरौँ यो देशलाई शान्ति बनाइ राखौं। जय होस् ।
(गुरुङ्ग तरुणदलका केन्द्रीय सदस्य हुन् ।)