३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

कांग्रेसमा फेरि ‘६०–४०’ को भूकम्प !


415
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको पुरानो “६०–४० भागबन्डा राजनीति” फेरि एकपटक ठूलो विवादको केन्द्रमा पुगेको छ ।
२०६४ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस र  शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक) बीच एकता हुँदा सुरु भएको ६०–४० मोडल वर्षौंसम्म कांग्रेसको शक्ति बाँडफाँटको आधार बन्यो ।

सभापति, मन्त्री, टिकट वितरण, राजनीतिक नियुक्ति, भ्रातृसंस्था—सबै ठाउँमा संस्थापन पक्षले ६० प्रतिशत र इतर पक्षले ४० प्रतिशत हिस्सा लिने परम्परा बसालियो ।
पछि शुसिल कोइराला र देउवाको नेतृत्वमा यो भागबन्डा झन् संस्थागत भयो ।

यति मात्रै होइन, भ्रातृसंस्थाको मनोनयनमा भाग नमिलेपछि देउवाले केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका थिए ।
१३ औं महाधिवेशनपछि देउवाले निकटतम प्रतिस्पर्धी रामचन्द्र पौडेललाई पनि ४० प्रतिशत हिस्सामा समेटेका थिए ।

१४ औं महाधिवेशनपछि भने समीकरण फेरियो । शेखर कोइराला र गगन थापा समूहसँग पनि देउवाले उही ६०–४० सूत्र अपनाए । तर अहिले कांग्रेसभित्र नयाँ शक्ति संघर्ष सुरु भएको छ ।

यसपटक विवाद पार्टी विभाजनले होइन, “विशेष महाधिवेशन” बाट विस्फोट भएको हो । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनमा देउवा र शेखर पक्ष सहभागी भएनन् ।
महामन्त्रीद्वय न्बनबल त्जबउब र ख्ष्कजधय एचबपबकज क्जबचmब को अग्रसरतामा “विद्रोही शैली” मा नयाँ १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएपछि कांग्रेसभित्रको शक्ति समीकरण नै हल्लिएको छ ।

अब प्रश्न उठेको छ —के कांग्रेसमा दशकौँ पुरानो ६०–४० राजनीति अन्त्य हुँदैछ ?
वा फेरि नयाँ भागबन्डासहित पुरानै शक्ति केन्द्र फर्किनेछ ?

प्रतिक्रिया