१६ श्रावण २०८२, बिहिबार | August 1, 2025

हाँसौं हाँस्न सक्दिन, रुनलाई त आँसु नैं छैन सायद


415
Shares

कति जाती हुन्थ्यो मेरो पीडा
भाडामा लिन कोही तयार भैदिए१
चर्को भाडा बुझाएर म पनि
थोरै खुशी बटुल्थें
कति आनन्द हुन्थ्यो मेरो वेदना
सापटी माग्न कोही आइदिए ११
उसले फिर्ता नगरुञ्जेल सम्म
थोरै रमाउँथे म
न भाडामा लिन्छन् न त सापटी नैं माग्छन्
हाँसौं हाँस्न सक्दिन
रुनलाई त आँसु नैं छैन सायद
बरु भाडा अग्रिम दिन्थें
सापटी नफर्काए गुनासो थिएन
प्रभु१ मान्छे किन बनायौरु
बहस सहदैनन् मान्छेहरुआजकल
पशुहरु त बहसै गर्दैनन् नि
बरु झगडा गर्छन् खानका लागि
लड्दा लड्दै मर्छन् मानका लागि
तथापि हात्ती,गैंडा,बाघ लगायत सबै सधैं
मर्यादामा बस्छन् र बाँच्छन् पनि
किन्तु,श्याल,गिद्द र हुँडारको
कुनैं शान,मान र मर्यादा हुदैन
यिनको पीडा भोक हो
र बेदना,यही भोककै लागि शोक हो
ए बाबा,उच्च चेतनाको पुञ्ज मान्छे पो हुँ त १
अलिकति बोल्न र बहस गर्न त देउ
कि त बाँच्न देउ
कि त पीडा उच्च भाडामा लेउ
बेदना पचाउ
म कदापि माग्दिन सापटी फिर्ता
किन्तु, एउटा कुरा राम्रो ख्याल गर
म कदाचित पिठ्युँ फर्काएर भाग्दिन ११

गुरुराज घिमिरे

प्रतिक्रिया