१६ श्रावण २०८२, बिहिबार | August 1, 2025

प्रदीप गिरीको आश्रमकै छेऊमा अवैध खोला उत्खनन, लाहनका मेयर महेश चौधरीको संरक्षण (भिडियोसहित)


747
Shares

लाहान, १४ साउन । लाहन नगरपालिकामा दिवंगत नेपाली काँग्रेसका नेता प्रदीप गिरीको आश्रम रहेको छ । उक्त आश्रम नजिकैको खोलामा ढुंगा उत्खनन चलिरहेको छ । मध्य वर्षामा देशभर रोडाढुंगा उत्खनन रोकिंदा पनि लहान नगरपालिकास्थित उक्त खोलामा दोहन छाडिएको छैन । वर्षामा पनि उत्खननको प्रमाणहरु फेला परेको छ ।

सम्झौताविपरित खोलामा उत्खनन भइरहेको लाहन नगरपालिकाका उपमेयर राम चलितर महतोले बताए । उनले भने, कुनै किसिमको मापदण्डविपरितचाइना रेल्वे कम्पनीसँगको मिलेमतोमा खोला उत्खनन भइरहेको छ ।

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतोको संरक्षणमा खोला दोहन चलिरहेको हो । नदीमै क्रसर लगाएको र वन क्षेत्र माँस्न थाल्दा पनि प्रशासनले मौनता साँधेको उपमेयर महतोले बताए । आफूले यस्ता गैरकानूनी गतिविधिको विरोध गर्दा र अनुगमनका क्रममा टिपर समात्दा छाड्न लगाइएको बताए ।

खोला दोहनमा मेयर चौधरी र जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतो संलग्न हुँदा स्थानीय आक्रोशित छन् । तर, उनीहरुले प्रशासनको डर देखाउने गरेको बुझिएको छ । गैरकानूनी तरिकाले रोडाढुंगा बोकेर चलिरहेको टिपर नियन्त्रणमा लिएपछि प्रशासनलाई पत्र काट्दा पनि कुनै कारबाही नभएको उपमेयर राम महतोले बताए । उल्टै आफूलाई बदनाम बनाउन खोजिएको र षड्यन्त्र भएको बताए ।

टिपर आतंकले लहान नगरपालिका १० वस्तीपुर ग्रामीणचोक हुँदै लाहान जाने बाटो ध्वस्त पारिएको छ । चाइना रेल्वे कम्पनीसँगको मिलेमतोमा खोला उत्खननमा जिम्मेवार जनप्रतिनिधि नै संलग्न हुनले आशंकाहरु पैदा भएका छन् ।

प्रतिक्रिया