१२ फाल्गुन २०८२, मंगलबार | February 25, 2026

बहादुरसिंह लामालाई संसदीय दलको नेता हटाउन अविश्वासको प्रस्ताव दर्ता


83
Shares

साउन,९ हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । लामा बागमती प्रदेशको मुख्यमन्त्री समेत हुन् ।

आज दिउँसो प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए।

मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन सभापति शेरबहादुर देउवाले केही समयदेखि नै आग्रह गरे पनि लामाले अस्वीकार गर्दै आएका थिए। गत बुधबार पनि मुख्यमन्त्री लामालाई बोलाएर सभापति देउवाले राजीनामा दिन सुझाव दिएका थिए ।

लामामाथि आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्ने भन्ने पूर्वसहमति तोडेर सम्पर्कविहीन भएको आरोप लागेको छ।

प्रतिक्रिया