३ आश्विन २०८१, बिहिबार | September 19, 2024

संवैधानिक परिषदको बैठक बोलाइयो


0
Shares

काठमाडौं, २४ वैशाख । आज संवैधानिक परिषदको बैठक बोलाइएको छ । साझ ६ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको छलफलपछि संवैधानिक परिषदको बैठक आजै बोलाइएको हो ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बसेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । एमालेले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति गर्न नमिल्ने अडान लिइरहेको बेला शनिबार भएको २ शीर्ष नेताको भेटपछि आजै बैठक बोलाइएको हो । सर्वोच्च अदालतमा लामो समयदेखि कायममुकायमले काम चलाइरहेको अवस्था छ ।

प्रतिक्रिया