पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
जनकपुरधाम, २४ वैशाख । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । वडा नं. २४ बसहियास्थित गोगलप्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा जुम्ल्याहा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै बालकलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो । राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।