६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

यार्सा टिप्न जाँदा मुगुमा हिमपहिरो खस्यो, ३ जनाको मृत्यु, अन्य १३ जनाको कस्तो छ अवस्था ?


0
Shares

काठमाडौं, २४ वैशाख । शनिबार मुगुमा हिमपहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । हिमपहिरोमा परी ३ जनाको मृत्यृ भएको हो । हिमपहिरोमा पुरीएर हुम्लाको पारासी गाउँपालिका २ का स्थानीयहरु वीरबहादुर बोहरा, तारासी सार्की र पुन्न सार्कीको मृत्य भएको हो ।

मुगुको कार्मारोङ्ग गाउँपालिका २ च्यार्खुमा उनीहरुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मृतक ३ जनासहित १५ जनाको टोली शनिबार यार्सा टिप्न सो स्थानमा पुगेका थिए ।

१३ जना घर फर्किएका छन् भने ३ जनाको उद्धार गर्न जिल्ला प्रसासन, प्रदेश सरकार र संघीय सरकार, प्रहरी कार्यालय मुगु खटिएको थियो ।

photo : google.com

प्रतिक्रिया