५ श्रावण २०८२, आइतबार | July 20, 2025

तीनथानाको विष्णुदेवी मन्दिरमा शिव महापुराण महायज्ञ


5.3k
Shares

काठमाडौं, ४ साउन । चन्द्रागिरी नगरपालिका वडा नं १५ तीनथानामा रहेको ऐतिहासिक श्री विष्णुदेवी मन्दिर क्षेत्रमा शिव पुराण महायज्ञ हुने भएको छ । ५ देखि १५ साउनसम्म महायज्ञ हुने भएको मन्दिर व्यवस्थापन सञ्चालक समितिका सदस्य नवीन महर्जनले जानकारी दिए ।

मन्दिर क्षेत्रमा धार्मिक पुस्तकालय स्थापनाको उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको महर्जनले बताए । पुस्तकालय मन्दिर क्षेत्रको विकास, आध्यात्मिक जागरण, धर्म संस्कृतिको संरक्षण एवं संस्कार शिक्षाको विकासका लागि हुने उनको भनाई छ । महायज्ञमा प्रखर युवाकथावाचक पण्डित श्री सुदीप लोकनाथाचार्यले कथा वाचन गर्ने जानकारी दिइयो ।

श्री विष्णुदेवी क्षेत्र ऐतिहासिक पौराणीक प्राचीनकालदेखि देवी देवता तथा नारदादिऋषिहरुले आराधना गरिएको पवित्रधाम सात गाउँले जात्राको केन्द्र, इच्छावृषेश्वर, गोलोकेश्वर, सरस्वती, राधाकृष्ण, सीताराम, कालीमाता, गणेश, पाञ्चायन देवता, वासुकी, नीलकण्ठ, चार नारायण, महाकालेश्वर, दुर्गाभवानी, हनुमतेश्वर, सन्तोषीमाता, साईमन्दिरलगायतका स्थापित प्राण प्रतिष्ठित देवदेवीहरुको पूजाआराधनाले परमपावन बनेको पुण्यस्थल हो । प्रत्येक सोमबार विष्णुदेवी शिवगङ्गा आरती पनि हुँदै आएको छ ।

५ साउनको सोमबार विहान ७ बजे मन्दिर परिसरबाट बाजागाजासहित कलशयात्रा गरेर महायत्रको शुभारम्भ हुनेछ । दशौं हजार भक्तजन कथा श्रवणका लागि आउने अपेक्षा गरिएको महायज्ञलाई सभ्य र भव्य बनाउन सम्पूर्ण तयारी भएको समिति सदस्य नवीन महर्जनले बताए ।

प्रतिक्रिया