२८ बैशाख २०८३, सोमबार | May 11, 2026

प्रधान न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याउन सभामुखलाई उजुरी निवेदन


1.4k
Shares
काठमाडौं, २६ असार । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध महाभियोग प्रस्ताव ल्याउनुपर्ने माग राख्दै सत्य र न्यायको खोजी अभियानले निवेदन दर्ता गरेको छ । अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले प्रधान न्यायाधीश राउतको कदमहरु, अभिव्यक्तिहरु र विभिन्न विवादास्पद कार्यक्रममा सहभागिता उल्लेख गर्दै निवेदन दर्ता गरेका हुन् ।
निवेदन २२ असारमा सभामुखको सचिवालयमा पेश भएको र नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय सचिवालयमा कायार्थ पेश गरी जानकारी गराइएको उल्लेख छ ।
प्रेस विज्ञप्ति
आदरणीय राष्ट्रवादी नेपालीहरु,
हामी विगत केही वर्षदेखी राज्यको नीतिगत तह, संवैधानिक अंग, र सम्पूर्ण राज्य संरचनानै कव्जा गरेर आम नेपालीहरुको भावना विपरित देशको अस्मिता विरुद्ध पदीय हैसियतको दुरुपयोग गरेर गर्ने गरिएका भ्रष्ट्राचारको भण्डाफोर गर्दै प्रमाणिक रुपमा भ्रष्टहरुको विरूद्ध मुद्दा समेत दायर गर्दै आइरहेका छौं । राज्य संयन्त्रहरू मध्येको स्वतन्त्र न्यायपालिका मात्र भ्रष्ट्राचार मुक्त हुन सकेको हुन्थ्यो भने पनि यसले अन्य राज्य संयन्त्रहरुमा हुने गरेका र भैरहेका भ्रष्ट्राचारजन्य कुकार्यहरुलाई मुद्दा मामिलाको माध्यमवाट रोक्न सक्थ्यो। तर, २०४६ को जन आन्दोलन पछी त्यसो हुन सकेको देखिएन, गणतन्त्र आएपछी त भ्रष्ट्राचारलाई वैधानिक रुपमै संस्थागत वनाइयो।
राज्यले – प्रभाव देखाउन सक्ने उद्योगपती, व्यापारी, नेता, सांसदहरु, ठुला र प्रभावशाली दलका सहकारी लुटेराहरु, संवैधानिक आयोग, से

प्रतिक्रिया