२८ असार २०८२, शनिबार | July 12, 2025

पुटिनले हटाएको केही घन्टामै मन्त्री मृत फेला, जर्नेल पक्राऊ


2.4k
Shares

एजेन्सी, २४ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएपछि मन्त्री पदबाट हटाइएका रोमन स्टारोभोट मृत फेला परेका छन् । उनी गोली लागेको अवस्थामा सोमबार भेटिएका हुन् ।

समाचार एजेन्सीहरुले रुसका यातायात मन्त्री २०२४ सम्म कुरक्स क्षेत्रका गर्भनर थिए । उनी मन्त्री बनाइएपछि उक्त क्षेत्र युक्रेनको कब्जामा पुगेको थियो । मन्त्रीबाट हटाइएको केही घन्टामै गोली लागेको अवस्थामा भेटिनुलाई रहस्यमयी मानिएको छ । रुसी अधिकारीहरुले घटनालाई आत्महत्या भनेका छन् ।

यसैगरी, रुसी जर्नेल भिक्टोर स्ट्रिगुनोभ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । रुसी नेस्नल गार्डका उपप्रमुख भिक्टोरलाई गिरफ्तार गरिएको सोमबार रुसी जाँचबुझ कमिटिले जनाएको छ ।

पुटिनको शासनमा कतिपय मन्त्री र जर्नेलहरुको रहस्यमयी मृत्यु भएका छन् । यसकारण विश्वभर यो घटनामा चासो चलेको छ ।

प्रतिक्रिया