२८ असार २०८२, शनिबार | July 12, 2025

रसुवामा भीषण बाढी, सेनाले गर्यो उद्धार


664
Shares

काठमाडौं, २४ असार । नेपाल-चीन सीमानाको लेन्डे खोला हुँदै भोटेकोशी नदीमा भीषण बाढी आएको छ । बाढीबाट गएराति ठूलो जनधनको क्षति भएको छ ।

बाढीका कारण ३ प्रहरी र ६ चिनियाँ नागरिक वेपत्ता छन् । उनीहरुको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार चलिरहेको छ ।

सेनाले दुईवटा हेलिकोप्टरबाट रुखमा बसेर ज्यान जोगाएकाहरुको उद्धार गरिरहेको छ । ९ जनाको सकुशल उद्धार भइसकेको छ ।

यसैगरी, त्रिशुली इलाकामा पनि उद्धार चलिरहेको छ । त्यहाँ पनि हेलिकोप्टर परिचालन गरिएको छ ।

प्रतिक्रिया