२२ असार २०८२, आइतबार | July 6, 2025

उज्बेकिस्तानविरुद्ध नेपाली महिला फुटबल टोलीको बहादुरी


332
Shares

काठमाडौं, २२ असार । दोस्रो मिनेटमै गोल खानुपर्दा नेपाली महिला फुटबल टोली दबाबमा थियो । पहिलो हाफमै अर्को गोल खायो । सावित्रा भण्डारीको गोलले खेलमा फर्कने आशा जगायो । तर, पेनाल्टी पाएर उज्बेकस्तिानले ३-१ को अग्रता लियो ।

नेपाली फुटबल स्टार सावित्रा भण्डारी विपक्षीको तारोमा थिइन् । उनीमाथि निगरानी पनि बढ्यो । तर, उज्बेकी खेलाडीले पछाडिबाट गम्भीर फाउल हानेपछि रेफ्री रातो कार्ड देखाउन वाध्य भइन् । उज्बेकस्तान १० खेलाडीमा सिमित भयो ।

नेपाली टोलीले आक्रमण बढायो । सावित्राले थप दुई गोल गर्दै नेपाली टोलीलाई ३-३ को बराबरीमा पुर्याइन् । खेल पेनाल्टीमा पुग्यो ।

पेनाल्टीमा उज्बेकस्तानले पहिलो प्रहार गरी गोल गर्यो । सावित्रा भण्डारी पहिलो पेनाल्टी प्रहारमा बढिन् । उनको प्रहार पोलमा लागेर सिधै फर्कियो ।

उज्बेकी खेलाडीले गरेको सबै पेनाल्टी गोलमा परिणत भयो । नेपाली खेलाडी पेनाल्डीमा चुक्दा ४-२ को हार व्यहोर्न पुगे ।

२०२६ मा हुने एशिया कप महिला फुटबल प्रतियोगितामा नेपाल छनोट हुनबाट रोकियो । तर, खेलमा नेपाली खेलाडीले बहादुरी देखाए । नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो सशक्त खेलबाट प्रशंशा बटुले ।

प्रतिक्रिया