स्वर्गिय गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवमा गोष्ठी

काठमाडौं,१८ बुधबार । नेपाली कांग्रेसका पूर्व सभापति,पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा ‘सकरात्मक सोच र जय नेपाल फाउण्डेसन’विषयमा गोष्ठी आयोजना गरिएको छ ।
जय नेपाल इन्टरनेशनल फाउण्डेसन,ग्लोबल वुमन नेटवर्क तथा ग्लोबल युथ नेटवर्क नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा आगामी असार २१ गते विचार गोष्ठीको आयोजना गरिएको हो ।
दिउँसो २ बजे सुरु हुने कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता डा.शेखर कोइराला विशिष्ठ अतिथिको रुपमा आमन्त्रित गरिएको छ ।
साथै सोही दिन खेलाडी तथा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा निर्वाचित विद्यार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गर्ने कार्यक्रम पनि रहेको फाउण्डेशनका अध्यक्ष बद्री अर्यालले जानकारी दिए । कार्यक्रममा कांग्रेसका सांसद, नेता, विद्यार्थी, कार्यकर्ता, फाउण्डेशनका सदस्यहरुलाई पनि निमन्त्रणा दिइएको छ ।