१२ असार २०८२, बिहिबार | June 27, 2025

भारतको रुससँगको सम्बन्धमा जोडबल किन


332
Shares

एजेन्सी, १२ असार । भारत विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र हो । जहाँ बहुदलीय प्रणाली मजबुत छ । रुस विश्वकै सबैभन्दा ठूलो देश हो जहाँ राष्ट्रपतिमा शक्ति केन्द्रित छ । तर, यी दुवै देशबीच परम्परागत सम्बन्ध छ ।

रुसी रक्षामन्त्री एन्ड्री बेलोसोभले चीनको किङडाओमा भारतका रक्षामन्त्री राजनाथसँग भेट्दा परम्परागत सम्बन्धबारे उल्लेख गरेका छन् । उनले भारतलाई दीर्घकालिन मित्र नै भने । उनले भारतलाई महत्वपूर्ण सामरिक साझेदार र परम्परागत मित्र भन्दै सैन्य र सैन्य प्रविधि क्षेत्रमा दीर्घकालिन साझेदारी भइरहेको बताए ।

भारत रुससँग ६० प्रतिशत जति सैन्य सामाग्रीमा भर पर्दै आएको छ । पाकिस्तानसँगको युद्धमा भारतले रुसमा निर्मित एस ४०० हवाई प्रतिरक्षा प्रणालीको सफल प्रयोग गर्यो । उसले ब्रम्होस जस्तो विश्वभर चर्चामा रहेको मिसाइलको रुससँग मिलेर भारतमै उत्पादन गरिरहेको छ ।

रुस युक्रेन युद्धमा भएपनि भारतले सस्तो मूल्यमा इन्धन खरिद गरिरहेको छ । रुसबाट उसले सबैभन्दा बढी तेल खरिद गर्दै आयो पछिल्ला वर्षहरुमा । यसकारण पनि भारतको रुससँगको सम्बन्धको विशेष महत्व छ ।

पछिल्लो समय पाकिस्तानलाई अमेरिकाले बढी महत्व दिन थालेको छ । पाकिस्तानी सेनाप्रमुख असिम मुनिरले ह्वाइट हाउसमा ट्रम्पसँग लन्च मिटिङको अवसर पाए । यसबाट भारत गम्भीर भएको छ । भारतले यो घटनापछि रुससँग झन् सम्बन्ध कसिलो बनाउने देखिएको छ ।

प्रतिक्रिया