६ असार २०८२, शुक्रबार | June 20, 2025

फ्लोरिकल्चर सहकारी संस्थाका नाममा फुल तस्करी (भिडियोसहित)


415
Shares

ललितपुर, ६ असोज । देशमा फुल तस्करीको ठूलै गिरोह सक्रिय रहेको छ । तस्करी कम्पनी देखि सहकारी संस्था समेत खोलेर भइरहेको छ । उनीहरुको सम्बन्ध क्वारेन्टाइनका कर्मचारीसम्म रहेको पत्ता लागेको छ ।

यसरी फुल तस्करीमा सक्रिय रहेको मध्ये एक हो ललितपुरस्थित फ्लोरिकल्चर सहकारी संस्था । यो संस्थामार्फत् लिली र डेजी फुलको तस्करी भइरहेको पत्ता लागेको छ ।
सहकारी संस्थामा पुग्दा लिली र डेजी फुलको तस्करी भएको खुलेको हो । उक्त सहकारी संस्थामा पुगेर आवश्यक कागजपत्र माग्दा देखाइएन ।

फुलहरु विदेशबाट आयात गरेर नेपालबाटै ल्याइएको देखाइएको छ । यस्तो धन्दा चलाएर नेपालका कृषकहरुलाई मारमा पार्ने गरिएको समेत खुलेको छ ।

जुन कृषी फार्मबाट फुल ल्याइएको भनियो त्यहाँ त्यो मात्रामा उत्पादन नै छैन । नेपालमै उत्पादन रहेको नक्कली विवरण देखाएर विदेशबाट ल्याइएको खुलेको हो ।

प्रतिक्रिया