२७ जेष्ठ २०८२, सोमबार | June 9, 2025

किर्तिमानी खेलमा अल्कारेजको किर्तिमानी जित


249
Shares

एजेन्सी, २६ जेठ । यसपटकको फ्रेन्च ओपन टेनिस किर्तिमानी बन्यो । पुरुष फाइनलमा कार्लोस अल्कारेज र जेनिक सिनरले प्रतिष्पर्धा गरे । फ्रेन्च ओपनको इतिहासमा तीन दशकपछि २३ वर्षमुनीका खेलाडीले फाइनल खेले ।

पहिलोपटक ५ घन्टा २९ मिनेटको फाइनल प्रतिष्पर्धा भयो फ्रेन्च ओपनमा । पाँच सेटको प्रतिष्पर्धामा अन्तिम सेटमा टाइ ब्रेक हुँदा अल्कारेजले तीनपटक च्याम्पियन्स अंक जोगाएर खेल जिते । अल्कारेज च्याम्पियन्सशिप अंक जोगाएर मुख्य फाइनल जित्ने तेस्रो खेलाडी बने ।

२२ वर्षकै उमेरमा अल्कारेजले पाचौंपटक ट्रफी जिते । स्पेनका अल्कारेज टेनिसको दुनियाँमा वर्चश्व बनाउने युवा खेलाडी बनिसकेका छन् अहिले ।

प्रतिक्रिया