सालिन मानिएका माधव नेपालमाथि नै भ्रष्टाचार मुद्दा किन ?

काठमाडौं, २२ जेठ । नेपालको इतिहासमा प्रधानमन्त्री भएकामध्ये माधव नेपाल सालिनमध्ये मानिन्छन् । नरम स्वभावका व्यवस्थापकीय क्षमताका माधव नेपालले नेकपा एमालेलाई लामो समय हाँके । एमालेको संगठन निर्माणमा उनको मुख्य भूमिका छ ।
केपी शर्मा ओली एमाले अध्यक्ष बनेपछि तिक्तता बढ्दा माधव नेपाल अगल भए । उनले नेकपा एस स्थापना गरे । उक्त दलले संसदमा १० सिट प्रत्यक्षतर्फ नै जित्यो । माधव नेपाल सानै शक्ति लिएर भएपनि राजनीतिमा सक्रिय रहे ।
मन्त्रिपरिषदको निर्णयमा माधव नेपालमाथि मुद्दा लागेको छ । पतञ्जलीको जग्गा प्रकरणमा उनीमाथि मुद्दा लागेपछि तरंगित छ राजनीति । मन्त्रिपरिषदको निर्णय अख्तियारको छानबिन दायरामा नपर्ने कानूनी व्यवस्थाको व्याख्या हुँदा हुँदै माधव नेपालमाथि मुद्दा लाग्यो ।
यो घटनालाई माधव नेपालको दल समाप्त पार्न खोजिएको घटनाका रुपमा पनि हेरिएको छ । यसै पनि नेपाल नेतृत्वको दल संकटमा थियो ।
अहिले देशमा सत्ताको नयाँ खेल चलिरहेको छ । यो खेल नयाँ घटनाका रुपमा विकास भइरहेको छ । दलहरु फुट्ने र नयाँ सत्ता गठबन्धन बन्ने अवस्था विकास भइरहेको छ ।
यही बेलामा माधव नेपालमाथि अख्तियारको मुद्दा लागेको छ । माधव नेपालले आफूले कहिल्यै भ्रष्टाचार नगरेको भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् । केपी ओली आफ्नो राजनीतिक करिअर समाप्त पार्न लागेको आरोप समेत लगाए ।